ब्रेकिंग न्युज

प्रचण्ड–माधव समुहको संसदीय दलको बैठक बुधबार बस्दै



काठमाडौं ८ पुष । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्पति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरेकी थिइन् । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै अधिकांश दल विरोधमा छन् । त्यसबारे सर्वोच्मा समेत रिट दायर भएका छन् । रिटबारे आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६