काठमाडौं ८ पुष। संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको अविश्वासको प्रस्ताव दर्ताको समयबारे स्पष्टिकरण दिएको छ । संसद सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गरेर पुस ५ गते दर्ता गरिएको अविश्वासको प्रस्तावको दर्ता समय दिउँसो ३ः३० बजे भएको उनले स्पष्ट पारेका हुन् । अविश्वासको प्रस्ताव सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सभामुखलाई सम्वोधन गरी विविवत् रुपमा पेश भई सभामुखको तोक आदेश भएपछि सोही दिन दिउँसो ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको पाण्डेले बताएका छन् ।
उक्त दिन भने अविश्वासको प्रस्ताव बिहान १०ः५० बजे दर्ता भएको आएको थियो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गएका थिए । भण्डारीले पनि अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै संसद विघटनको घोषणा गरेकी थिइन् । ओली निकट स्रोतका अनुसार नेकपाका ९० सांसदहरुले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।








प्रतिक्रिया