ब्रेकिंग न्युज

गैँडाकोटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु



पौष ८, नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका  ३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।ना ३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासीले जनाएको छ । मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६