ब्रेकिंग न्युज

प्रचण्ड–नेपाल समूह:केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता



काठमाण्डौ ८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ ।लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो । अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले  जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रचण्ड–नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो । नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ । ओली समूहमा १ सय २० जनाभन्दा कम सदस्य रहेको दाबी प्रचण्ड–नेपाल समूहले ओली समूहमा एक सय २० जनाभन्दा थोरै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ ।

निर्वाचन आयोगमा दर्ता भएका चार सय ४१ सदस्यमध्ये सात जनाले विभिन्न सरकारी पदमा नियुक्ति पाएको कारण सदस्य सङ्ख्या जम्मा चार सय ३४ रहेको पोख्रेलले बताउनुभयो ।जसमा तीन सय पाँच जना प्रचण्ड–नेपाल पक्षको रहेको नेता लीलामणि पोख्रेलको दाबी छ । बाँकी एक सय २९ सदस्यमध्ये रामबहादुर थापा बादल पक्षका केन्द्रीय सदस्य कतै पनि नखुलेका कारण ओली पक्षमा एक सय २० भन्दा कम केन्द्रीय सदस्य रहेको पोख्रेलको दाबी छ ।  

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६