प्रदेश

बोक्सी आरोप मुद्धामा फरार महिला पक्राउ



कपिलवस्तु ८ पुस ।बोक्सीको आरोप मुद्दामा अदालतबाट सजाए तोकिए पछि फरार रहदै आएकी एक महिला २ बर्ष पछि पक्राउ परेकी छिन । कपिलवस्तु नगरपालिका वडा नंम्बर ६ की  ३५ बर्षिया फगुनी थरुनी पक्राउ परेही हुन । बोक्सीको आरोप मुद्दामा अदालतले उनलाई २०७४ कार्तिक ७ गते ६ महिन कैद र ५ हजार जरिवान तोकेको थियो । फैसला भए पनि फरार रहदै आएकी उनलाई प्रहरीको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

     यस्तै ठगी मुद्धामा फरार रहदै आएका एक जना पनि पक्राउ परेका छन । शिवराज नगरपालिका वार्ड नंम्बर.३ जवाभारीका बर्ष २८ को अल्ताफ मुसलमान पक्राउ परेका हुन । २०७५ फगुज ८ गते  अदालतले ठगी मुद्धामा उनलाई एक बर्ष कैद र ७ लाख ७१ हजार ५०७ रुपैया जरिवाना तोकेको थियो । पक्राउ परेका दुबैलाई कारागार चलान गरिएको प्रहरी निरिक्षक प्रेम रेग्मीले बताए । 

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६