अन्तर्राष्ट्रिय

एकै जिल्लाका बैदेशीक रोजगारीमा गएका १२ को मृत्यू



    तुलसीपुर ९ पुस । एकै जिल्लावाट बैदेशीक रोजाराीमा गएका १२ जनाको मृत्यू भएको छ । पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको हो । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ । मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार्यस्थलमा दुर्घटना र बिरामी भएर उनीहरुको मृत्यु भएको हो ।

     अन्य ६ जना मृतकको हकमा भने क्षतिपूर्तीको पहल भैरहेको छ । साथै रोजगारीको शिलशिलामा विदेश पुगेका मध्ये ५८ जनाको उद्धार भएको छ । अप्ठेरोमा परेका उनीहरुलाई दूतावास, मेनपावर कम्पनी र श्रम मन्त्रालयको सहकार्यमा उद्धार गरिएको हो । त्यसैगरी ठगीमा परेका २२ जना मध्ये ५ जनाको ९ लाख ५० हजार रुपैयाँ फिर्ता गराउन सफल भएको परियोजनाले जनाएको छ । दाङका करिब ७७ हजार नागरिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेको अनुमान छ ।

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६