अर्थ-वाणिज्य

चुनाव हुदैन की भन्नु भ्रम हो त्यो सोच्दै नसोचौं : महासचिव पौडेल



रुपन्देही ९ पुस । संसद पुनस्थापना हुन्छकी भनेर चुनावको तयारीमा नलागेमा ठूलो त्रुटीहुने नेकपा महासचिव विष्णु पौडेलले दावि गर्नु भएकोछ । तपाईहरु ढुक्क हुनोस चुनाव हुन्छ हु्रन्छ छिटै तयारीमा जुटनोस । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेता कार्यकर्तालाई चुनावको तयारीमा जुट्न समेत निर्देशन दिनु भयो । 

    उहाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोप सहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क गर्नु भयो  उहाले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भंग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताउनु भयो ।

    ‘प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो’,  ‘तर उहाँहरू महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन।’ पौडेलले सचिवालयका ७७  बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैंजसो समस्या देखिने गरेको तर्क गर्नु भयो       

    सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरूले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाउनु भयो । उहाले अघिल्लो पटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत किनेका कारण मुलुक विद्युतभार कटौतीमुक्त भएको जिकिर गर्नु भयो । 

   लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता, हुलाकी सडक–विमानस्थल निर्माण– स्थानीय तहमा अस्पताल निर्माणलगायत थुप्रै राम्रा काम गरेको उदाहरण दिँदै नयाँ भू भाग समेटेर नेपालको नक्सा जारी गरेपछि ओलीमाथि घेराबन्दी थालिएको धारणा राखनु भयो ।  रासस

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६