प्रदेश

कपिलवस्तुमा प्रचण्ड नेपाल समर्थित पत्रकारको भेला



कपिलवस्तु ९ पुसप्रेस संगठन कपिलवस्तुको भेला जिल्लाको गोरुसिगेमा  भएको छ । संगठनका जिल्ला संयोजक डिलाराम भुसालको अध्यक्षतामा भएको भेलाले अहिले परिस्थितीमा प्रधानमन्त्री केपी ओलीले संविधान बिरुद्धको कदम चालेकोले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।

   लोकतन्त्र स्थापित गर्न पत्रकारहरुको अहम भुमीका रहेकोले प्रधानमन्त्रीले लोकतन्त्र बिरुद्ध गरेका कृयाकलाप बिरुद्ध कलम चलाउने निस्कर्ष समेत निकालेको छ । भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्रीले संसद विघटन गरि जनताको मतलाई दुरुपयोग गरेको बताउनुभयो ।

नेपाली जनताले स्पष्ट रुपमा बहुमत दिएर सरकारमा पठाएका प्रतिनिधिहरुलाई एकाएक बिघटन गरि देशलाई अस्थिरता तर्फ धकलेकोले यसको बिरुद्ध पत्रकाहरुले कलम चलाउनुपर्ने बताउनुभयो । देशमा कोभिड महामारी भइरहेको बेला प्रधानमन्त्रीले राजनितिक खिचातानी गरी गलत काम गरेको बताउनुभयो । सांसद पन्थीले संविधान बिपरित गरेका कामहरुलाई अदालतले सच्याउने आशा रहेको बताउनुभयो ।

नेकपाका जिल्ला सचिव रामचन्द्र शाह विष्णुले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, असंबैधानिक र गैरराजनीतिक निर्णय गरेको बताउनुभयो । सरकारले बहुमत दिए पनि काम गर्न नसके पछि प्रधानमन्त्रीले संविधान विरुद्ध काम गरेको आरोप लगाउनुभयो । नेकपाका जिल्ला नेता विष्णु बेल्बासेले प्रधानमन्त्री ओलीको कदम राजनीतिक रूपमा पनि लोकतन्त्र विरोधी र निन्दनीय भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी,प्रेस संगठनका केन्द्रिय सदस्य मनिस कार्की,जिल्ला संयोजक डिलाराम भुसाल,सह संयोजक हरी अधिकारी लगाएत संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६