ब्रेकिंग न्युज

नेकपाको दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाण्डौ  ९ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।प्रचण्ड-नेपाल पक्षको बैठक बिहान साढे ११ बजे बबरमहलमा बस्नेछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने तयारी छ । अस्ति मंगलबार नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो ।ओली समूहले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको थियो ।

साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री समेत रहनुभएका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।प्रचण्ड-माधव समूहले भने केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । गएको आइतबार संसद विघटन भएपछि नेकपा दुई पक्षमा विभाजन भएको छ ।

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६