प्रदेश

पुर्ण खोप तर्फ अग्रसर हुँदै कपिलवस्तु



कपिलवस्तु ९ पुष । कपिलवस्तु समाचारदाता, कपिलवस्तु मङ्सिर ९ गते । खोपको सुचांकमा पुछारमा रहेको कपिलवस्तुले चालु अर्थिक वर्ष भित्र पुर्ण खोप घोषणाको तयारी सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु ले असार भित्र जिल्लाका सबै पालिकाका २३ महिना मुनीका बालवालिकालाई सबै खोप लगाउने तयारी गरेको छ । कार्यालयले पुस भित्र शुक्ष्म योजना तयार गरी खोज र खोप अभियानमा जुट्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत चिन्तामणी अधिकारीले बताउनु भयो । 

जिल्लाका १० स्थानीय सरकारले फाल्गुन भित्र खोप लगाउन छुटेका वालवालिकाको तथ्यांक निकाली चैत्र सम्ममा सबै वालवालिकालाई खोपको दायरामा ल्याउने तयारी सुरु गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु जिल्ला खोप लगाउनेको तथ्यांकका आधारमा सबै भन्दा पुछारमा रहेको छ । जिल्ला भरी ६९.१ प्रतिशत वालवालिकाले मात्र सबै खोप लगाउने गरेका छन् । जन्म देखी २३ महिनाको उमेर भित्र १२ रोगको बिरुद्ध ८ प्रकारका खोप लगाउने गरिन्छ । कपिलवस्तुमा खोप केन्द्र र समुदायको दुरी टाढा हुँदा र समुदायमा खोपको महत्व थाहा नहुँदा धेरै वालवालिका खोपबाट बन्चित भएको युनिसेफका सुचना अधिकृत सिर्जना पाठकले बताउनु भयो । 

कपिलवस्तुका ३ स्थानीय सरकार २ वर्ष अगाडी पुर्ण खोप घोषणा भएका थिए । घोषणा भएका पालिकाको पछिल्लो तथ्यांक हेर्दा ८० प्रतिशत वालवालिका मात्र सबै खोपको पहँचमा रहेका छन् । पुर्ण खोप घोषणाका लागि ९० प्रतिशत भन्दा धेरै वालवालिकाले खोप लगाएको हुनु पर्ने मापदण्ड रहेको छ । गत वर्षको तथ्यांक अनुसार यशोधरा गाउँपालिका (९८.९ प्रतिशत) बाहेक अन्य स्थानीय सरकारको पहुँच मापदण्ड भन्दा न्युन रहेको छ ।  

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६