प्रदेश

दाङका नाकाबासीलाई मातृभूमीको चिन्ता



देउखुरी, ९ पुस । भारतसंग जोडिएको दाङको भैसाहीँनाकाको पूर्वतर्फ रहेको चुरे पहाडमा छसय ७२ नम्बरको सिमा स्तम्भ छ । भैसाहीँनाका देखि पश्चिम सानिमनौरा नाकामा छ सय ७३ नम्बर सिमा स्ताम्भ । दाङको अधिकांश सिमा क्षेत्रमा सरदर दुई किलोमिटरको फरकमा सिमा स्तम्भ राखिएको हो । सिमा स्तम्भको आधारमा नेपाली भुमि तर्फ सिधा हेर्ने हो भने नेपाली भुमिमा रहेको अधिकांश नेपाली बस्ती भारत तर्फ जाने देखिन्छ ।  राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी तिलक क्षेत्रीले दाङसंग नाका जोडिएको क्षेत्रमा नेपालको दशगजा नै अन्योलमा रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ठ्याक्कै हाम्रो भुमि कहाँसम्म हो भन्ने समेत थाहा छै, भारतीय एसएसबीले समय समयमा बोट बिरुवा देखाउँदै सिमा त्यही भनेर नेपाल तर्फ बताउँछन । 

दराजपुर गाउँपालिका वडा नम्बर ७ भैंसही गोपाल खड्काले पटकपटक भारतीय एस.एस.बिले आफ्नो गोठ हटाउन दबाब दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, खेतीयोग्य जमिन जोगाउनको लागि लगाइएको बार र गोठ हटाउन भारतीय एस.एस.बिले दबाब दिदै आइरहेको छ,हामीले जोतभोग गर्दै आइरहेको नेपाली भुमिमा खेतीपाती गर्न छाडेका छैनौ । भौगोलिक विकट्ताका कारण नाका क्षेत्रमा नेपाली सुरक्षाकर्मीको सबै ठाउँमा उपस्थिती छैन । जसको मौकामा भारत पक्षबाट सिमा अतिक्रमण गर्ने गरेको स्थानीयले पटक पटक प्रतिकार गरेको बताउँछन । स्थानीय टंक विकका अनुसार सिमा स्तम्भको आधारमा हेर्ने हो भने भैसाहीँनाका र खिट्किनाकामा बसोबास गर्दै आइरहेको नेपाली भुमि सबै भारतमा पर्ने जानकारी दिनुभयो । 

भारतसँग जोडिएको दाङको ३४ वटा नाकामा रहेको सिमा स्तम्भको आधारमा भुमि निर्धारण गर्ने हो भने अधिकांश नेपाली भुमि भारत तर्फ गाभिने सिमा क्षेत्रमा बसोबास गर्ने स्थानीयको भनाइ छ । यस्तै स्थानीयले नेपाली नापी टोली आफ्नो क्षेत्रको नाप गरेर नेपाली भुगोल छुट्टाउन समेत माग गरेका छन् । राजपुर ७ भैसहीका तिलक क्षेत्रीले नापि टोलिले नेपाली भुमि नापेर भुमि छुट्टाउन आग्रह गर्नुभयो । आफ्नो भूमि छुट्टाएपछी स्थानीयले तारबार गरेर भएपनि जोगाउने उनिहरुको भनाइ छ । 

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाल भारतसंग जोडिएको दाङको नाकामा केही समस्इा रहेको स्विकार्दै एकपीषय रुपमा सर्वे गर्न नमिल्ने बताउनुभयो । बैज्ञानिक सर्वेको लागि सरकारलाई आग्रह गरेको छौ, सरकारले दुइदेशकै सहमति अनुसार नापी होला उहाँले भन्नुभयो । चारबर्षे पहलिे बाढीले एएटा सिमा स्तम्भ बगाएप्छी भारतीइ पक्षबाट नेपाल तर्फ सारेर रुखमा टाँच लगाएपछी स्थानीयको विरोध गरेर उक्त रुख काटेका थिए । 

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६