प्रदेश

कपिलवस्तुवाट २ केन्द्रिय सदस्य थपिए ,ओली समुह त्यागेको समाचार निराधार : शान्तिदेवि



कपिलवस्तु ९ पुस ।नेकपाको पुनरगठित केन्दिय कमिटीमा कपिलबस्तुबाट पूनह थप २ जना केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । ओली निकट नेकपाको केन्द्रिय कमिटीमा पछि थपिने २ जनामा बाबुराम खनाल र जन्जिर प्रसाद चौधरी रहनुभएको छ ।  यसअघि जिल्लाबाट केन्द्रिय सदस्यमा ११ जना नेता पर्नु भएको थियो । पहिले देखी केन्द्रमा रहदै आउनु भएका बिमला घिमीरे र शिराज अहमद फारुकी पुनर गठित केन्दिय सदस्यमै रहनु भएको थियो । 

     यस्तै नयाँ मनोनित हुने केन्दिय सदस्यमा बलराम अधिकारी , झबीलाल पोख्रेल , कृष्ण पौडेल , डम्मर शर्मा , बिश्राम चौधरी , शान्ति देबी हरीजन ,शुसिल श्रीवास्तब , मुस्तफा मुसलमान र  शारदा शर्मा रहनु भएको छ । अब नेकपाको ११९९ सदस्य कमिटिमा कपिलवस्तुबाट १३ जना भएका छन ।

    यता पूर्व सभासद शान्तिदेवि चमारले ओली समुहको मनोनयन अस्वीकार गरेको भनेर विभिन्न मिडियामा आएको समाचार प्रति आपत्ति जनाउनु भएको छ । उहाले आफू ओली समुहको सपथ लिएर केन्द्रिय बैठकमा समेत सहभागि भएको जनाउदै माधव नेपाल समुहले वाटो विराएकाले आफूले ओलीलाई साथ दिएको स्पष्ट पार्नु भएको छ । उहा यसअघि माधव नेपाल समुहमा सकृय हुनुहुन्थ्यो । 

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६