अर्थ-वाणिज्य

लुम्विनी प्रदेश सांसद सुमन र कनौडियाको किर्तिमान



बुटवल ९ पुस  लुम्बिनी प्रदेश सभाका सांसदहरु संसदीय समितिका बैठकमा अनुपस्थित भएर  किर्तिमान कायम गरेका छन् । त्यसरी कायम गर्नेमा सांसद सुमन शर्मा रायमाझी र विरेन्द्र कनौडीया पहिलो समुहमा परेका छन् । विवरण अनुसार लुम्विनी प्रदेश सभा सामाजिक विकास समिति सदस्य सुमन शर्मा रायमाझी समितिको बैठकमा एक दिनमात्रै उपस्थित भइन् । २०७५ साउन ९ गते गठन भएको समितिका हालसम्म ५२ वटा बैठक सम्पन्न भएका छन् ।

    प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सदस्य विरेन्द्र कनौडिया समितिका हालसम्म सम्पन्न भएका ३६ वटा बैठकमध्ये तीन वटामा मात्रै उपस्थित भए । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता हुन् । अर्थ समितिकै सदस्य कृष्णा केसी जम्मा १२ वटा बैठकमा उपस्थित भइन् ।  प्रदेश मामिला तथा कानून समितिका सहस्यहरु ईन्द्रजित थारु सात, दिपेन्द्र कुमार अधिकारी र सन्तोष कुमार पाण्डेय १६/१६, सुरेन्द्र हमाल २५ र चिन्तावती कुर्मी २७ वटा बैठकमा मात्रै उपस्थित भए । विषयगत समितिमध्ये सबैभन्दा धेरै विधेयकमाथि छलफल हुने कानून समितिका हालसम्म ६१ वटा बैठक सम्पन्न भइसकेका छन् । 

   सामाजिक विकास समितिका ५२ वटा बैठकमध्ये समितिका सदस्य दिपेश थारु १८, अर्जुन कुमार श्रेष्ठ २३ र अजय शाही २५ वटा बैठकमा उपस्थित भए । कृषि वन तथा वातावरणका ५१ वटा बैठकमध्ये शान्ती देवि स्वर्णकार र मोहम्मद याकुब अन्सारी १५, कृष्णध्वज खड्का र फौजिया नासिम २४ तथा रुन्धावती शर्मा २५ वटा बैठकमा उपस्थित भए । भौतिक पूर्वाधार तथा विकास समितिका सदस्य विरवहादुर राना समितिका ३० वटा बैठकमध्ये ११ वटामा मात्रै उपस्थित भए । प्रदेश सभाका विभिन्न छ वटा विषयगत समितिका १६ जना सदस्यहरु समितिका ५० प्रतिशत बैठकमा उपस्थित भएनन् ।  

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६