अर्थ-वाणिज्य

लुम्विनी प्रदेश :स्थायी राजधानीको डिपिआर तयारी तीब्र



दाङ ९ पुस  । लुम्बिनी प्रदेश सरकारले  प्रदेश राजधानीको स्थायी संरचना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण लगायतका काम अघि बढाउने भएको छ । यसका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण नै गठन गरेर जिम्मेवारी प्रदान गरिएको छ । प्रदेश सरकारले प्राधिकरणलाई काम अघि बढाउन साङ्गठनिक संरचनाको नै व्यवस्था गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण लागि आवश्यक जनशक्तिसहित सङ्गठनात्मक संरचनासहित थप अस्थायी दरबन्दी स्वीकृत गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा बैजनाथ चौधरीले जानकारी दिए । बैठकले प्राधिकरणका लागि तत्कालका लागि ६ जनाको दरबन्दी थप गरेको छ । स्वीकृत दरबन्दीअनुसार एक अधिकृत, दुई इञ्जिनीयर, दुई सर्वेयर, एक सबओभर्सियरको थप गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले प्रदेशको सुशासनलाई थप प्रभावकारी बनाउन सुशासन नियमावली–२०७७ स्वीकृत गर्ने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका चौधरीले जानकारी दिए । उक्त नियमावलीले प्रदेशको सुशासन व्यवस्थापनमा कानून कार्यान्वयनमा थप प्रभावकारी बनाउने बताइएको छ ।यस्तै मुख्यमन्त्रीलाई कार्य सम्पादनमा सल्लाह सुझावको प्रभावकारीताका लागि थप दुई सल्लाहकारको व्यवस्था गर्न मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची हेरफेर गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६