लुम्बिनी

बालविवाहमुक्त वडा निर्माणका लागि सक्रिय हुँदै स्थानीय तह



बाँके १० पुष । बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन् ।किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका हुन् । खजुराको लगनशील किशोरी क्लबमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला परिषद्ले बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिनुभयो । उहाँले अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका पाँचवटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

त्यसैगरी खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त घोषणाबारे स्थानीय तहको तयारीबारे जानकारी गराउनुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकाको वडा नं १, २, ३ र ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले अन्य वडामा भने बालविवाहबारे सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँदै बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र क्लबको संस्थागत विकास गरी बालविवाहमुक्त वडा घोषणा गरिने बताउनुभयो । बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २०  वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको बताइएको छ । 

प्लानको कर्णाली प्रदेश क्षेत्रीय प्रबन्धक मीना पराजुलीले बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबलाई प्रभावकारी योजना बनाएर ल्याउन आग्रह गर्नुभयो । लगनशील किशोरी क्लबको अध्यक्ष मञ्जु थापा मगर र कोषाध्यक्ष चेतना क्षेत्रीले बालविवाह न्यूनीकरणका लागि क्लबका पदाधिकारीको क्षमता अभिवृद्धि सम्बन्धी तालीम प्रदान गरिएको जानकारी दिनुभयो । परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वटा वडा बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६