कपिलवस्तु ११ पुस। प्रतिनिधि सभा विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कागे्रंस कपिलवस्तु आन्दोलनमा होमिने भएको छ । नेपाली कागे्रंस क्षेत्र नं ३ ख ले कृष्णनगर उद्योग वाणिज्य संघमा राखेको देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कागे्रंसको भुमिका विषयक कार्यक्रममा जिल्ला तथा केन्द्रिय नेताहरुले १३ गते बाट नै सरकार विरुद्ध विरोध र सडक आन्दोलनमा उत्रने बताएका छन् ।
कार्यक्रममा वोल्दै पुर्व मन्त्री एवं पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाउदै जिल्लाका निर्वाचन क्षेत्र तथा पालिकाहरुमा त्यसको विरुद्ध खरो रुपमा उत्रन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ३ वर्षमा जनतालाई सास्ती मात्र दिएको सरकारले लोकतन्त्रलाई समेत धरापमा पारेको हुदा अव लोकतन्त्रकोे रक्षा गर्ने र जनताको पार्टी नेपाली कागे्रंस मात्र भएको बताए ।
त्यस्तै युवा नेता एवं पार्टीका आमन्त्रीत केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले अवको समय नेपालमा काग्र्रेंसको शासन चल्ने बताए । ३ वर्ष नेकपा पार्टीले पाएको बहुमत बाट जनता आजित भएको भन्दै ९ महिना बन्द रहेको पशुपतिाथ मन्दिरको ढोका खोले संगै नेपाली कागे्रंस पनि अब शसक्त रुपमा आएको बताए । त्यस्तै कार्यक्रममा केन्द्रिय आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले वर्तमान सरकारको पालामा जनताले एक बोरा मलखाद पनि पाउन नसकेको र विकास निमार्ण जस्ता काम पनि गर्न नसकेकोले आगामि दिनमा नेपाली कागे्रंसको पक्षमा जनलहर चलेको बताए ।
कार्यक्रममा पुर्व पार्टी जिल्ला सभापति राजेश आर्चाय,सुधाकर पाण्डेय, प्रदेश सभा सदस्य रिना नेपाल , जिल्ला सचिव प्रेम बहादुर रायमाझि , क्षेत्रिय सभापति अकेल मिया, गिरिजश कुमार पाण्डेय, युवा नेता अजय थापा , हरि पोख्रेल ,राजेश ज्ञवाली,शक्ति सिंह ठकुरी, मिना केसी, तिलक थापा लगायतले बर्तमान राजनैतिक अवस्थाको बारेमा चर्चा गरेका थिए । क्षेत्रिय सभापति विनय कुमार गिरिको अध्यक्षता र अमर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै नेपाली कागे्रंसले केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असबैधानिक कदम विरुद्ध यहि १३ गते प्रत्येक निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने जिल्ला सभापति सुरेन्द्रराज आर्चायले बताए । क्षेत्र नं १ को बुद्ध रंगशालामा कार्यकर्ता जुटेर ४ नं जितपुरमा विरोध प्रदर्शन गर्ने क्षेत्रिय सचिव पे्रम प्रसाद पौडेलले बताए । त्यस्तै क्षेत्र नं २ को महाराजगंज नगरपालिका क्षेत्रमा विरोध सभा गर्ने क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले बताए । उता क्षेत्र नं ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभा गर्ने तयारी भएको क्षेत्रिय सभापति अकेल मियाले बताए ।
प्रतिक्रिया