कपिलवस्तु १२ पुस ।नेकपा कपिलवस्तुका २ वटै समुहले आज एकैदिन जिल्ला कमिटीको बैठक तथा भेलाको अयोजना गरेर आफ्नो पक्षका जिल्ला नेताको पहिचान गर्ने भएका छन् । जस अनुसारक केपिआली निकट नेकपाको जिल्ला कमिटी बैठक तौलिहवा स्थित आफ्नै पार्टी कार्यलयमा आज ११ वजे आयोजना गरिएको कार्यलय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।
यता प्रचण्ड नेपाल निकटको नेकपाले गोरुसिंहे स्थित थारु कल्याणकारीणी सभाको सभाहलमा जिल्ला बैठक भेला तथा सरकार विरुद्धको विरोधको आजै ११ वजे कार्यक्रम राखेको छ । साविक जिल्ला सचिव रामचन्द्र शाह विष्णुका अनुसार नेकपाका नेता घनश्याम भुसाल र चक्रपाणाी खनाल ले भेलामा संवोधन गर्ने कार्यक्रम तय भएको छ । देशैभर कार्यकर्तालाई आआफ्नो पक्षमा खडागर्ने अभियान चलाईरहेका दुबैपक्षका नेकपाले कपिलवस्तुमा भने कार्यकर्तालाई स्वेच्छाले जतालागेपनि कुनै दवाव श्रृजना नगर्ने नीति अख्तियार गरिएको दावि गरेका छन् । प्रचण्ड नेपाल समुहका नेता बिष्णु पन्थीले अहिले विभाजन भएपनि भोलीका दिनमा नमिल्दा सम्म कुनै पनि सार्थक उपलब्धी हासिल नहुने भएकाले विभाजनलाई मित्रवत रुपमै स्वीकार्नुको विकल्प नरहेको वताउनु भएको छ ।
अर्काे तर्फ ओली निकटको नेकपाका केन्द्रिय नेता वलराम अधिकारीले नेकपाका कार्यकर्ताले आफ्नो बुद्धिविवेकको प्रयोग गरेर सही र बेठिक छुटाएरै बसेकाले कुनै दवाव वा प्रेसर आवश्यक नभएको औल्याउनु भयो । ओली निकट नेकपाले कपिलवस्तुवाट १३ जनालाई केन्द्रिय कमिटी सदस्य बनाएकोले नेतृत्वको ठूलो पंक्ति ओलीका पक्षमा जान सक्ने आकलन गरिएपनि आज हुने बैठकवाट जिल्ला नेताहरु को कता लाग्नेछन् सोका आधारमा शक्तिको पहिचान हुने वताइएकोछ ।
नेकपाका केहि जिल्ला नेता भने तत्काल दुबै समुहको बैठकमा नगएर धैर्यता पूर्वक हेरेर कित्ता क्लियिर गर्ने सोचमा रहेको जानकारी प्राप्त भएकोछ । तर असन्तुष्ट बनेर नेकपा छाड्ने वा निष्कृय बस्ने मानसिकता भने कार्यकर्तामा भेटिएको छैन ।
प्रतिक्रिया