मोरङ १२ पुष । मोरङको रंगेली ८ दर्बैसाबाट २ जना भारतीय नागरिक नक्कली नोटसहित पक्राउ परेका छन् ।१७ हजार ७ सय रुपिया बराबरको भारतीय नक्कली नोटसहित शनिबार उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र १८ वर्षीय शिवरञ्जन सिंह रहेका छन् ।
आर ३८ एन ०२५१ नम्बरको मोटरसाइकलमा आएका मण्डल र सिंहलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुको साथबाट प्रहरीले भारतीय नक्कली नोट दुई सय दरको १७ थान र एक सय दरको एक सय ४३ थान फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया