ब्रेकिंग न्युज

प्रचण्ड–माधव पक्षले देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दै



काठमाडौं १२ पुष। संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । 

सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको जनाकारी गराएका थिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुष ११ गते शनिबार सबै प्रदेश कार्यालयहरुको संयोजनात्मक बैठक बसेको सो पार्टीले जनाएको छ । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६