ब्रेकिंग न्युज

कक्षा १२ का विद्यार्थीले छुट परीक्षा पुस १६ देखि दिन पाउँने



काठमाडौँ १२ पुष । कोरोनाका कारण यसअघि परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले अब परीक्षा दिन पाउने भएका छन्।उक्त परीक्षा पुस १६ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर जानकारी दिएको छ।गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो।कोरोना लागेका कारण कतिपय विद्यार्थी परीक्षामा सहभागी हुन पाएका थिएनन्।

कतिपयले पूरै विषय त कसैले कुनै कुनै विषय मात्रै परीक्षा दिएका थिए।यसअघि परीक्षामा छुटेका विषयहरूको परीक्षा पुस १६ गतेदेखि सुचारू हुने बोर्डले जनाएको छ।परीक्षा छुटेको जानकारी बोर्डमा दिएका विद्यार्थी परीक्षामा सहभागी हुन हुने बोर्डको भनाइ छ। परीक्षाको समयतालिका बोर्डको वेवसाइटमा राखिएको छ।यो परीक्षा विद्यार्थी पढेकै विद्यालयबाट दिन सक्नेछन्।


प्रकाशित : १२ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६