अन्तर्राष्ट्रिय

चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने



काठमाडौँ १२ पुष । चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ ।अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सीईबीआर)ले सार्वजनिक गरेको प्रतिवेदनमा चीन अमेरिका र युरोपका देशहरु भन्दा अर्थतन्त्रमा माथि उठ्ने उल्लेख छ ।कोरोना महामारीले अमेरिका र युरोपमा प्रभाव पारेको तर चीनले व्यवस्थापन गर्न सफल रहेकाले आर्थिक रुपमा बलियो बनाएको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा वार्षिक इकोनोमिक लिग टेबल सार्वजनिक गर्ने गर्छ ।सन् २०२० मा चीनले दुई प्रतिशतको आर्थिक बृद्धि हाँसिल गर्न सक्ने पनि अनुमान छ । गएको वर्ष चीनमा पहिलो पटक कोरोना भाइरस फेला परेको थियो । कोरोना भाइरसको सङक्रमणका कारण विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६