अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको टोली काठमाण्डौ आइपुग्यो



काठमाण्डौ १२ पुष । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली काठमाण्डौ आएको हो ।उपमन्त्रीको टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुगेको हो । चिनियाँ उच्च तहका नेताको नेतृत्वमा एक टोली दिउँसो सवा एक बजेतिर एअर चाइनाको चार्टड जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको स्रोतले जनाएको छ ।

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरूलाई भेट गर्नुभएको थियो । भेटमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनुभएको थियो । नेपालमा प्रतिनिधि सभा भङ्ग भएसँगै नेकपा विभाजित भएकोबारे चीनले चासोका साथ हेरिरहेको छ ।    

प्रकाशित : १२ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६