कपिलवस्तु १३ पुस ।नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य झविलाल पोख्रेलको संयोजकत्वमा ३ सय ५१ सदस्सीय अधिवेशन आयोजक कमिटि निमार्ण गरेको छ । आइतवार मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको पार्टीको बैठकले उक्त कुराको निर्णय गरेको हो । वैठकलाई सम्बोधन गर्दै केन्द्रीय नेता एवं कपिलवस्तु सहइन्चार्ज विमला घिमिरेले जनताको मन जित्ने गरि पार्टीको काम गर्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
कठिन परिस्थितीमा काम गर्ने इमान्दार कार्यकर्तालाई पार्टीले मुल्यांकन गर्ने समेत उहाँले बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले बाध्यात्मक परिस्थितीका कारण प्रतिनिधि सभा विघटन गरेको स्मरण गराउदै सबै जनतालाई यर्थात् कुरा बझाउन आम कार्यकर्ता लाग्नु पर्ने उहाँको तर्क थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बलराम अधिकारीले सरकारले धैरै राम्रा काम गरे पनि ति काम प्रचारमा नआएको औल्याउनु भयो ।
बाध्यात्मक परिस्थितीका कारण प्रतिनिधि सभा विघटन भएको भन्दै यसको कारण धैरै जनताले वुझिसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टीले विभिन्न कार्यक्रमको योजना निमार्ण गरेको बताउन भयो । जस अनुरुप जिल्लाका सबै स्थानमा प्रशिक्षणात्मक कार्यक्रम गरिने छ । योजना अनुसार १४ गते बाणगंगा र वुद्धभुमि , १६ गते शिवराज र विजयनगर , १७ गते कृष्णनगर र महाराजगञ्ज , १८ गत कपिलवस्तु नगरपालिका , मायादेवी , यशोधरामा कार्यक्रम गरिने छ । साथै १९ गने शुद्धोधन गाउँपालिकामा कार्यक्रम गरिने अध्यक्ष पोख्रेलले बताउनु भयो । जिल्लाका ६ नगरपालिका , ४ गाउँपालिकाहरुमा केन्द्रीय नेताको उपस्थितीमा कार्यक्रम गरिने भएको हो । सरकारले गरेका काम र आगामी योजना लगायतका विषयमा प्रशिक्षण दिइने छ । कार्यालय सचिव धर्मराज भुषालको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु कृष्ण प्रसाद पौडेल , डम्मर शर्मा , बाबुराम खनाल , विश्राम प्रसाद थारु , शान्तिदेवी चमार , जंजिर प्रसाद थारु लगायतले बोल्नु भएको थियो ।
प्रतिक्रिया