प्रदेश

जनताको मतको अपमान गर्नेलाई सजाय दिलाउछौं :बलदेब



कपिलवस्तु १३ पुसनेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल बलदेबले जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने बताउनुभयो । जनताले बहुमत सहित सरकारमा पठाएकोले कुशलतापूर्वक सरकार संचालन गरी नागरिकहरुका आंकाक्षा अनुसार काम गर्ने दायित्व नेपाल कम्युनिष्ट पार्टीको रहेकोले यसमा कसैले अवरोध गर्न नहुने बताउनुभयो । आईतवार नेपाल कम्युनिष्ट पार्टी  कपिलवस्तुले  गोरुसिंगेमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले केपी शर्मा ओली अहिले प्रतिनिधि सभा बिघटन गरेर स्वघोषित प्रधानमन्त्री भएको बताउनुभयो । दुई ठुला शक्तिहरु एक भएर जनता सँग गएकोले जनताले पूर्ण बहुमत दिएको उहाँले बताउनुभयो । नेकपाको केन्द्रिय सदस्य तथा कपिलवस्तुका जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेले संविधान र गणतन्त्र नेपाली जनताले रगत सँग साटेर ल्याएको हुनाले यसलाई बिघटन गर्ने अधिकार कसैलाई नरहेको बताउनुभयो । केपी ओलीलाई सच्याउनको लागि आफुहरु सडकमा आएको बताउँदै जनाआदेशलाई सम्मान गरी सविधानअनुसार काम गर्न सुझाव दिनुभयो

     केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले बहुमत केन्द्रिय सदस्य सहितको टोली निर्वाचन आयोगमा पुगेकोले नेकपाको अधिकारीक पार्टी नै यहि रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले लामो समय सम्म सरकार अस्थीर भोगेका नागरिकहरुले संविधानमा स्थायी सरकारको लागी लेखिएको प्रवधानहरुलाई अहिले को प्रधानमन्त्रीले संविद्यानको बर्खिलाप गरेको बताउनुभयो । भेलामा नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले  प्रचण्ड–माधव समूहको बहुमत रहेको दावि गर्नुभएको छ ।   शाहका  अनुसार जिल्लाका बहुमत सचिवालय र बहुमत जिल्ला सदस्यहरु भेलामा उपस्थिती रहेको थियो ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६