बुटवल १३ पुस । बुटवल स्थित कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिएका छन् । आइतवार विहान अस्पतालबाट भागेको उनी दाङको भालुवाङमा रहेको आफ्नै घरमा पुगेको उनका आफन्तले बताएका छन् । अस्पतालबाट सौच गर्नका लागि जाने बहाना बनाएर फरार रहेका ५५ वर्षिय पुरुष सार्वजनिक सवारी बस चढेरै भालुवाङ पुगेका हुन् ।
निमुनियाका रोगी बुटवलका ५५ वर्षिय पुरुष लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्षमा भर्ना भएका उनी दाङमा अवस्थित आफ्नै घरमा पुगेको उनका आफन्तले जानकारी दिए ।
प्रतिक्रिया