अन्तर्राष्ट्रिय

साउदी अरबले ४ नयाँ क्षेत्रमा तेल र ग्याँसको भण्डारण फेला



काठमाडौँ १३ पुष । साउदी अरबले आफ्नो देशका ४ नयाँ क्षेत्रमा तेल र ग्याँसको भण्डारण फेला परेको जनाएको छ। साउदी अरबका ऊर्जामन्त्री अब्दुल अजीज बिन सलमानले तेल र ग्याँसका ४ नयाँ क्षेत्रको खोजी भएको जनाएका हुन्।साउदी अरबको उत्तर–पश्चिम धाहरनको अल–रीश क्षेत्रमा तेलको भण्डारण फेला परेको हो। पूर्वीप्रान्तको यो सहर साउदी अरबकै तेल उद्योगको प्रमुख प्रशासनिक केन्द्र हो। अल–रीशको २ नम्बर भण्डारणबाट दैनिक ४ हजार ४ सय ५२ ब्यारेल कच्च चेल र ३२ लाख स्टयाण्डर्ड क्युबिक फिट प्राकृतिक ग्यास उत्पादन हुने जनाइएको छ।

यस्तै, ४ नम्बर भण्डारणबाट दैनिक ३ हजार ६ सय ५४ ब्यारेल कच्चा तेल र १६ लाख स्ट्याण्डर्ड क्युबिक फिट ग्यास र ३ नम्बर भण्डारणबाट दैनिक २ हजार ७ सय ४५ ब्यारेल कच्चा तेल र ३० लाख स्ट्याण्डर्ड क्युबिक फिट ग्यास उत्पादन हुने जनाइएको छ।मन्त्री सलमानले अल–रीश क्षेत्र तेल उत्पादनमा महत्वपूर्ण हुने जनाएका छन्। यस्तै, साउदी अरबले अल–अजरामियाहमा पनि तेलको खोजी गरिएको जनाएको छ। दैनिक ३ हजार ८ सय ५० ब्यारेल तेल उत्पादन हुने यो क्षेत्र रफहा सहरभन्दा उत्तरपश्चिममा रहेको बताइएको छ। नयाँ तेल भण्डारण क्षेत्रको थप अध्ययन भइरहेको मन्त्री सलमानले जनाएका छन्। 

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६