लुम्बिनी

दोषीलाई कारबाहीको प्रक्रिया अगाडि नबढेसम्म शव नबुझने आफन्तको अडान



गुल्मी १३ पुष । ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवार र आफन्तले दोषीलाई कारबाहीको प्रक्रिया अगाडि नबढेसम्म शव नबुझने बताएका छन्। शनिबार राति  बुटवलबाट खाद्यन्न लिएर तम्घासतर्फ आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले  रेसुंगा  नगरपालिका–१३ भगारीस्थित मसिना खोलामा पैदल यात्रा गरीरहेका  सोही वडाका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। मृतको शव गुल्मी अस्पतालमा राखिएको छ।मृतकका परिवार र आफन्तले ट्रक चालक र मालिकसँग प्रहरीले संवाद गर्न पनि नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन्।

मृतक बालकृष्णकी आमा कल्पना थापाले आफूहरुलाई क्षतिपूर्तिभन्दा पनि न्याय चाहिएको बताइन्।  आइृतबार साँझ मृतकका परिवार र आफन्तले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारीमा आफूहरु रहेको बताए। ट्रक चालक गुल्मी दरबार गाउँपालिका–६ चारपालाका २९ वर्षीय गोापल टण्डन र ट्रक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६