ब्रेकिंग न्युज

आन्तरिक उडान अत्यन्तै टीठलाग्दो अवस्थामा : नेपाल वायु सेवा



काठमाण्डौ १३ पुष । नेपाल वायु सेवा निगमको आन्तरिक उडान अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको छ ।गन्तव्य धेरै, जहाज र आम्दानी कम हुँदा निगम अत्यन्तै टीठलाग्दो अवस्थामा पुगेको हो । निजी क्षेत्रका अन्य कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्दै जाँदा सरकारी लगानी रहेको वायुसेवा निगम भने आन्तरिक उडान नै बन्द गर्ने अवस्था नजिकै पुगेको छ  । निगमले अहिले देशका १४ वटा गन्तव्यमा उडान गर्दै आएको छ ।

काठमाण्डौलाई आधार बनाएर निगमले भोजपुर, दाङ, ताप्लेजुङ, थामखर्क, खानीडाँडा, रुकुम र फाप्लुमा उडान गर्दै आएको छ । यस्तै नेपालगन्जलाई आधार बनाएर रुकुम, डोल्पा, जुम्ला, साँफेबगर, सिमीकोट, ताल्चा र बाजुरामा निगमले उडान गर्दै आएको छ । निगमले १४ वटा गन्तव्यमा उडान गर्दै आए पनि जहाज भने जम्मा २ वटा छन् । त्यो पनि ४९ वर्ष पहिलेका  । सन् १९७१ अर्थात विक्रम संवत् २०२८ सालमा किनेका २ वटा ट्विनअटर जहाजमार्फत अहिले निगमले आफ्नो आन्तरिक उडान धान्दै आएको छ ।

चीनसँग किनेका र उपहारमा पाएका ६ वटा जहाज उडान नसकेर ग्राउन्डेड गरेको निगमले अहिले १९ सिटे २ वटा जहाज मात्रै उडाउँदै आएको छ । ४९ वर्ष पुराना जहाज बिग्रिएर हैरान हुने गरेको छ । एउटा जहाज बिग्रिएमा २र३ हप्ताभरिकै उडान तालिका प्रभावित हुँदै आएको निगमका एक कर्मचारीले जानकारी दिए । ‘४९ वर्ष पुराना जहाज छन्, कुन जहाजमा कतिखेर खराबी आउँछ भन्न सकिन्न, एउटा जहाज बिग्रियो भने केही हप्ताकै उडान तालिका प्रभावित हुन्छ, छिटो गन्तव्यमा पुग्नको लागि टिकट काटेका यात्रु बरु बसमा जान बाध्य हुन्छन्, यसले गर्दा निगमप्रतिको विश्वास गुम्दै गइरहेको छ’, कर्मचारीको भनाइ छ । 

जहाज उडाउन भन्दा नउडाउँदा फाइदा

आन्तरिक जहाजमा यात्रु पनि पाइन छाडेको निगमले जनाएको छ ।  अहिले  आन्तरिक गन्तव्यमा जहाज उडानभन्दा नउडाउँदा नै पैसा बचत हुने निगमको भनाइ छ ।‘धेरैजसो गन्तव्यमा इन्धन शुल्क पनि उठ्ने अवस्था छैन, व्यवस्थापन खर्च पनि महँगो छ, जहाज उडाउँदा धेरै घाटा भइरहेको छ, त्यसैले कतिपय गन्तव्यमा उडान नभएकै ठिक छ भन्ने अवस्थामा पुगेका छौँ ’ एक कर्मचारीको भनाइ छ ।नेता र सांसदको दबाबको कारण निगमले यात्रु नहुँदा नहुँदै पनि केही दुर्गम क्षेत्रमा उडान गर्न बाध्य भएको छ । यसका कारण पनि समस्या भएको निगम स्रोतको गुनासो छ ।उज्यालो अनलाईन 

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६