कपिलवस्तु पुस १३ गते ।
जाडो याम आए सँगै शितलहरबाट नागरिक जोगाउनका लागि कपिलवस्तुका स्थानीय सरकारले कम्मल बाड्ने तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा विपत् समितीको बैठक बस्दै बिपन्नहरुका घर घरमा कम्मल बाड्ने तयारी गरेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जिल्लाका १० स्थानीय तहका लागि १७५ थान कम्मल बितरण गर्नु भएको थियो । जिल्लामा चिसोको कारणले समस्या पारेको गुनासो कतै नहोस भन्नका लागि सुरुवात स्वरुप कम्मल बितरण गरेको प्रजिअ पौडेलले बताउनु भयो ।
बैठकमा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले शितलहरका जोगाउनका लागि नगरपालिकाले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्र्तगत ८ सय घरमा न्यानो सिरक बितरण गर्न लागेको बताउनु भयो । विजयनगर गाउँपालिकले समेत ७ सय थान सिरक खरिद गरी बितरणका लागि तयारी भएको गाउँ पालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
शितलहरबाट जोगाउनका लागि सबै स्थानीय तहले टोल टोलमा आगो ताप्नका लागि दाउरा संकलन गरी बितरण सुरु गरेको छ । बुद्धभुमी नगरपालिकाले काटिएका रुखको जराको भाग निकालेर आगो बाल्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनु भयो । बैठकले आगलागीले क्षती भएका २५ घर परिवारलाई १५ हजारका दरले राहत बितरण गर्ने समेत निर्यण गरेको छ । विजयनगर का १८ घर धुरी सहित ४ स्थानीय तहमा २५ घरमा आगलागीका कारण क्षती भएको थियो ।
प्रतिक्रिया