अर्थ-वाणिज्य

व्यक्तिगत स्वार्थकालागि संसद बिघटन : सांसद शाह



चन्द्रौटा १३ पुस ।कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थको लागि संसद बिघटन गरेको आरोप लगाउनुभएको छ । नेपाली काग्रेसको केन्द्रय  कार्यक्रम अन्तर्गत कपिलवस्तुको क्षेत्र न ३ अन्तर्गत चन्द्रौटामा भएको बिरोध सभालाई सम्बोधन गर्दै अबको सरकार नेपाली काग्रेसको हुने दावी गर्नुभयो ।


जनताले दिएको मतलाई दुरुपयोग गरी मुलुकमा अस्थिरता निम्त्याउन खाजेको जनाउनुभयो । सांसद शाहले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम प्रती नेपाली काग्रेसले कडा आन्दोलन गर्ने बताउनुभयो । लम्बिनि प्रदेशका संसदिय दलका नेता बिरेन्द्र कनोडियाले जनताको भावना विपरित काम गर्ने अधिकार कसैलाई नरहेको बताउनुभयो । उँहाले जनताले दिएको जनदेशलाई वर्तमान सरकारले सम्हाल्न नसकेका कारण संसद र संविधानमाथि प्रहार गरेको पनि आरोप लगाउनुभयो ।

    सरकारले जनभावना विपरित संसदमाथि प्रहार गरेको भन्दै अहिलेको समय निर्वाचन र संविधान माथिको प्रहार सैहिय नभएको बताउनुभयो ।नेपाली काग्रेका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले कम्युनिष्ट सरकारले नेपाली जनतालाई धोका दिएको बताउनुभयो । उहाँले जनताले बहुमत दिएपनि त्यसको सदुपयोग नगरेर घर झगडामा केन्द्रित रहेको बताउनुभयो । युवा नेता अजय थापाले अबको विकल्प नेपाली काग्रेस रहेको बताउनुभयो । संसद बिघटन गर्नु भनेको संविधानको अबमुल्यन गरेको जनाउनुभयो । 

     काग्रेसका नेता हुमाकान्त खनालले नेकपा सरकार स्थानिय तह देखि केन्द्र सरकार सम्म भष्ट्रचारमा लिप्त रहेको आरोप लगाउनुभयो । जनताको भावना विपरित गैरसविधानीक कदमको सधै बिरोध रहने बताउनुभयो । बिरोध र्याली पछि चन्द्रौटा चोकमा भएको कोण सभामा काग्रेका नेता ब्रमानन्द उपाध्याय,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेद अली,नगर सभापती मधु पोख्रेल,महिला संघकी रुपा सुनार, तरुण दलका सचिव अमर पौडेल,मेघराज रेग्मी लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापती अकिल मियाँको सभापतित्व र सचिव कमल केसीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६