कपिलवस्तु १३ पुस । बैशाखमा घोषित निर्वाचनमा हार्नेछुट नहुने केपि शर्मा ओलीको उद्घोषपछि महत्वपूर्ण नेताहरुको विभिन्न जिल्ला केन्द्रित कार्यक्रम अन्तर्गत लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेल मंगलवार कपिलवस्तुमा आउदै हुनुहुन्छ ।
नेकपा कपिलवस्तुको जिल्ला भेलालाई इमलिया स्थित बुद्धभूमी क्याम्पसमा संवोधन गर्न उहा आउनु हुने भएको हो । मूख्यमन्त्री पोख्रेलले सम्बोधन गर्ने जिल्ला स्तरीय भेलामा सबै कार्यकर्तालाई उपस्थितीका लागि नेकपाका नेता, कार्यकर्तालाई नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले आग्रह गर्नु भएको छ ।
जिल्ला स्तरीय भेला जिल्लाको बुद्धभूमी क्याम्पस, वरकलपुरमा विहानको ११ बजे आयोजना गरिएको नेकपाका जिल्ला अध्यक्ष पोख्रेलले बताउनु भयो । मुख्यमन्त्री पोखरेलले चुनावको तयारी स्वरुप नेकपाका कार्यकर्तालाई उर्जावान भएर लाग्ने आग्रह गर्न कपिलवस्तु आउन लागेको नेकपाका प्रदेश कार्यलय सचिव बलराम अधिकारीले जानकारी दिनु भयो ।
प्रतिक्रिया