शिक्षा

१२ को नतिजा छिटो प्रकाशन गर्ने तयारी : राष्ट्रिय परीक्षा बोर्ड



 काठमाडौं १४ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, ‘आफ्नो विद्यालयका ५०\१०० जना विद्यार्थीको पनि सिरियल नम्बरअनुसार नपठाइदिएर जिकज्याक गरेर पठाइदिएका छन् । माथिको तल, तलको माथि छ, खोज्दै इन्ट्री गर्दा त साह्रै गाह्रो भाछ ।’

प्रा.डा. पौडेलले नतिजा कहिले आउँछ भन्न नसकिए पनि जतिसक्यो छिटो नतिजा प्रकाशन गर्ने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए । बोर्डसँग जनशक्ति पनि प्रयाप्त नै भएको उनले बताए ।‘सिम्बोल नम्बर सिरियली भएको भए फटाफट इन्ट्री गर्न सजिलो हुन्थ्यो । त्यसो नभएकाले दिनमै ४० हजार इन्ट्री गर्नेहरुले ५ हजार पनि इन्ट्री गर्न सकिरहेका छैनन्,’ प्रा.डा. पौडेलले भने, ‘त्यसैले कहिले सकिन्छ भनेर भन्नै नसकिने भयो । तर सकेसम्म छिटो काम सक्ने कोसिस गरिरहेका छौं ।

’यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले १५ पुसभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताएका थिए ।शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर २२ मंसिरसम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो । बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाएका थिए ।केन्द्रमा आएको प्राप्तांकमा कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंकसमेत जोडेर नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६