प्रदेश

विप्लव समूहसहित चार दलको संयुक्त मोर्चा गठन



काठमाण्डौ १४ पुष । संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द विप्लवु समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन ।विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,  ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाउने निर्णय गरेका हुन् ।

विदेशी शक्तिको आड भरोसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको र नागरिकका हकअधिकार कुल्चन खोजेको भन्दै मोर्चाले संयुक्त रुपमा संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।संसद विघटनको कदम नेकपाभित्रको विवादसँग मात्रै सम्बन्धित नभएर संसदीय व्यवस्था नै असफलताको उदाहरण रहेको पनि विप्लव समूह र अन्य पार्टीको निष्कर्ष रहेको छ 

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६