प्रदेश

किसान टेक्टर निर्वाचन : अध्यक्षमा पौडेल विजयी , बरिष्ट र महासचिव निर्विरोध



कपिलवस्तु १५ पुस । नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको अध्यक्षमा शंकर पौडेल विजयी भएका छन् । उनी यस अघि अध्यक्ष भई सकेका ब्यक्ति हुन् ।  अध्यक्ष, २ उपाध्यक्ष, सचिव र बाणगंगा ८ का २ सदस्यका लागि मतदान भएको निर्वाचन मण्डलका सह संयोजक रविराज आचार्यले बताए । अध्यक्षमा र्निाचित शंकर प्रसाद पौडेलले  मनोहर योगि लाई १० मतले पछि पार्दै पौडेल विजयी भएका हुन ।

    २ उपाध्यक्षका लागि ४ जना विच प्रर्तिस्पर्धा भएकोमा बाणगंगा क्षेत्रबाट हरि प्रसाद न्यौपाने विजयी भएका छन् । उनका प्रतिसप्रधि सन्तबहादुर पौडेललाई १६५ मतले पछि पार्दै उनले विजयी हासिल गरेका हुन् । त्यस्तै रुपन्देहि क्षेत्रबाट उपाध्यक्षमा भिम श्रेष्ठ र रिषिराम सापकोटा विच मतदान भएकोमा  भिम श्रेष्ठले ३३२ मत ल्याएर उनि बिजयी भएका छन् ।त्यसैगरि सचिवमा सन्तोष खत्री मरासिनी र सक्रान्ति थारु विच भएको प्रतिसप्रधामा सन्तोष खत्री मरासिनीले ३०५ मत ल्याएर विजयी बनेका छन् । सदस्यमा बाणगंगा ८ का २ सदस्यहरु बिक्रम पाण्डे र दामोदर पोख्रेल बिजयी भएको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद पौडेलले बताए ।

    समितिमा वरिष्ठ उपाध्यक्ष , २ उपाध्यक्ष , महासचिव , कोषाध्यक्ष सहितका अन्य सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा वेचन यादव, उपाध्यक्ष शिवराज क्षेत्रका देविराम अधिकारी, कपिलवस्तु क्षेत्रवाट अब्दुल सत्तार खाँ , महासचिवमा झविन्द्र खनाल निर्विरोध चयन भएका छन भने कोषाध्यक्षमा विष्णु गिरी , लेखा समिति संयोजकमा पदम रेग्मी, सदस्यहरुमा केदारनाथ पाण्डे, राम बहादुर भुषाल निर्विरोध हुन सफल भएका हुन् । 

प्रकाशित : १५ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६