ब्रेकिंग न्युज

बाँकेमा उपचारका क्रममा थप ३ जना संक्रमितको मृत्यु



बाँके १५ । बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।बाँकेको कोहलपुर नगरपालिका २ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका २० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका ९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : १५ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६