ब्रेकिंग न्युज

महाराजगंज नगरपालिकाद्धारा निशुल्क कृषि समाग्री वितरण



कपिलवस्तु १५ पुष । कपिलवस्तुको महाराजगंज नगरपालिकाले कृर्षक र युवाका लागी विशेष योजना ल्याएको छ ।   नगरपालिकाले कृषकलाई उद्यम बनाउन व्यवसायी कृषि कार्य गर्न प्रेरित गर्न निशुल्क कृषि समाग्री वितरण गरेको छ । नगरपालिकाले पानी तान्ने पम्पीसेट, विउ विजन, घाँसको विउ वितरण गरेको हो । पशु पालन गर्ने कृषकहरुलाई समेत विशेष अनुदान दिएको  छ । कृषि कार्यमा किसानलाई लगनशिल बनाउनका लागि कृषि अनुदान वितरण गरीएको महाराजगं नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा विनियोन भएको रकमबाट कृषि तथा पशु कार्यको लागि अनुदानको व्यवस्थापन गरिएको कलामले बताउनु भयो ।त्यस्तै महाराजगंज नगरपालिकाले सिचाईको लागि कृषि समाग्री अन्तरगत किसानहरुलाई निशुल्क डिप बोरिङ जडान गरेको छ । महाराजगंज नगरपालिका एक सय ५० कृषकहरुलाई निशुल्क डिप बोरिङ जडान गरेको महाराजगंज नगरपालिका कृषि शाखाका अधिकृत उदय बहादुर पासीले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिका प्रत्येक गाँउका कृषकहरुको माग अनुसार निशुल्क डिप बोरिङ जडान गरीएको अधिकृत पासीले बताउनु भयो ।नगरपालिकाले कृषीलाई बिशेष प्रथामिकतामा राखेर काम गरिरहेको छ । सिचाईको लागि डिप बोरिङ पाएपछी स्थानिय कृषक राम नारायण अहिरले खुसी व्यक्त गर्नुभयो । कृषकहरुलाई अत्मानिर्भर बनाउनको लागि आगामी दिनमा थप कृषि वितरण गर्नुु पर्ने कृषक राम नारायण अहिरले बताउनुभयो ।

प्रकाशित : १५ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६