प्रदेश

मिल्न र फुट्न बिदेशी चलखेल भन्नु निराधार,मिल्ने वाटो खुला : महासचिव पौडेल



बुटवल १५ पुस ।  प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले फुटको संघारमा रहेपनि नेकपाका दुवै पक्ष मिल्न सक्ने सम्भावना नसकिएको बताउनुभएको छ । नेता पौडेलले दुवै पक्षले पार्टी विभाजनको कारण खोज्नुपर्ने बताउनुभयो । उहाले अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पहिलो वरीयताका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा लगाएको आरोप पत्र नै पार्टी विभाजनको आधारपत्रका रूपमा प्रस्तुत भएको आरोप लगाउनुभयो ।

    उहाले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि निर्वाचनको निर्णय सदर हुन्छ भन्ने कुरा अब पार्टी र राष्ट्रपतिको हातमा नभएको बताउँदैं अदालतको क्षेत्राधिकारभित्र पुगिसकेको बताउनु भयो । आरोपपत्र फिर्ता लिएर गल्ती, कमजोरीप्रति आत्मालोचना गरेर एक भएर निर्वाचनमा जाने बाटो त प्रचण्डलाई सधैं खुला रहेको उहाले बताउनुभयो । पार्टीको सम्भावित विभाजनलाई लिएर भारत र चिनको संलग्नताबारेको प्रश्नमा नेता पौडेलले पार्टीको विवाद सबै आन्तरिक भएको बताउनुभयो  । उहाले कसैले चासो प्रकट गरेको भएपनि मिल्न वा फुट्न कसैले दवाब नदिएको बताउनुभयो । 

प्रकाशित : १५ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६