कपिलवस्तु १५ पुस । चुनावी माहोल बनाउन नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले बाणगंगाका अगुवा कार्यकर्ता प्रशिक्षण दिने हुनु भएको छ । बिहिबार बाणगंगा चार नः जितपुरको बुङचीमा रहेको श्रीपेच होटेल एण्ड रिर्सोटमा उहाले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उहासगै नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजाल र दिपक गिरीले पनि कार्यक्रमलाई सम्बोधन गर्ने तालिका रहेको छ । कार्यक्रम बिहान ८ बजे हुने बताइएको छ ।
यता कपिलवस्तुको विजयनगर गाउँपालिकामा भोलि नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको नेकपा गाउँकमिटीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । नेकपाका केन्द्रिय सदस्य बलराम अधिकारी, केन्द्रिय सदस्य शान्तिदेवि हरीजन सहितका नेताले चुनाव केन्द्रित प्रशिक्षण दिने वताइएको छ । कार्यक्रम गाउँपालिकाको वडा नं. ६ मा रहेको हरिबोध आधारभूत विद्यालय प्रेमनगर भटनीमा हुन लागेको छ । नेकपा गाउँकमिटीले विजयनगरका सम्पूर्ण कार्यकर्ताहरुलाई भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीका लागि अनुरोध गरेको छ ।
प्रतिक्रिया