पर्यटन

कोरोनापछिको पहिलो ‘खिचडी’ महोत्सव



सैनामैना  १६ पुस । रुपन्देहीको सैनामैना नगरपालिकामा ‘माघी खिचडी महोत्सव’ हुने भएको छ । ‘हम्मन संस्कृति, हम्मन के सान, सँस्कृति बचैना हम्मन के अभियान’ भन्ने नारा सहित थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा ३ दिने नयाँ वर्ष माघी खिचडी महोत्सव २०७७ सञ्चालन हुने भएको हो । बुधवार आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव यहि पुष २३ गतेदेखि २५ गते सम्म सैनामैना ७ स्थित गोरावल, कलौनी बजार लाइनमा सञ्चालन हुने जनाएको हो ।  

    प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा आयोजना गर्दै आइरहेको माघी महोत्सव थारु जातीहरुको पहिचान, भाषा, संस्कृति, परम्परा र रितीरिवाजको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको थारु कल्याणकारिणी सभा सैनामैनाका सभापति एवम् कार्यक्रम संयोजक दुलबहादुर थारुले जानकारी दिए ।  ३ दिने कार्यक्रम अन्तर्गत पौष २३ गते रक्तदान कार्यक्रम, पौष २४ गते साँस्कृतिक कार्यक्रम ( थारु भाषिक नृत्य, थारु भाषिक साहित्य वाचन, ऐतिहासिक झुमडा नाच, झर्रा नाच, झिझिया नाच , पटेवा नाच ) सहित वडास्तरीय खेलकूल प्रतियोगिताहरु हुनेछन् ।  

    त्यस्तै पौष २५ गते मुल समारोहमा थारु लोक नृत्य, बड्का नाच सहित स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक संयोजक राजकुमार चौधरीले बताए । महोत्सवमा दर्जन बढी थारु परिकारका साथै थारु संस्कृति झल्काउने विभिन्न झाँकी पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।  महोत्सव सम्पन्न गर्न ३ लाख खर्च लाग्ने अनुमान गरिएको सभाका कोषाध्यक्ष हरिनारायण थारुको भनाई छ । खिचडी महोत्सवमा प्रवेश शुल्क भने लाग्ने छैन् । पत्रकार सम्मेलन सभाका सभापति दुल बहादुर थारुको सभापतित्व तथा सचिव चन्द्रमान चौधरीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६