शिक्षा

एसईईको रजिस्ट्रेशन फारम खुल्यो, परीक्षा मिति भने अझै टुंगो लागेन



काठमाण्डौ १६ पुष । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेशन र आवेदन फारम खुलाए पनि परीक्षा मिति र परीक्षाको विधिबारे भने अझै टुंगो लगाउन सकेको छैन ।चैतमा हुँदै आएको एसईईको परीक्षा जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । चैत, वैशाखसम्म विद्यार्थीलाई पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसैअनुसार तयारी भइरहेको जनाएको छ । तर परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन ।

विद्यार्थीको भौतिक उपस्थिति, अनलाइन या अरु कुन माध्यमबाट सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि आजदेखि माघ २१ गतेसम्म रजिस्ट्रेशन र आवेदन फारम भरिसक्न बोर्डले सूचना निकालेको छ ।कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्यौलकाबीच यसपालि राजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो । २०७६ सालमा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६