पर्यटन

पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट



ताप्लेजुङ  १६ पुष । ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट भएको छ ।७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप भएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । रेडपाण्डाको लागि महत्त्वपूर्ण क्षेत्रमा डढेलो लागेपछि रेडपाण्डा संकटमा परेका रेडपाण्डाको संरक्षणका लागि काम गर्दै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

सात दिनअघि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको झण्डै १ सय २५ हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयको अनुमान छ । डढेलो फैलिरहेकाले कति वनक्षेत्रमा क्षति पुग्छ भन्ने आँकलन गर्नसमेत नसकिएको वन कार्यालयले जनाएको छ ।

हिउँ वा पानी नपरेसम्म आगो निभाउन सक्ने अवस्था नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो । हेलिकोप्टरबाट पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि त्यो सम्भव भएन । अहिले पनि स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६