सूचना र प्रविधि

काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम



काठमाण्डौ  १६ पुष । आज काठमाण्डौको तापक्रम एक डिग्री सेल्सियसभन्दा तल झरेको छ । काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम शून्य दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज जुम्लाको तापक्रम माइनस आठ दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ । यस्तै दिपायलको तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियस र वीरेन्द्रनगरमा एक दशमलव नौ डिग्री सेल्सियसमा झरेको छ । पश्चिमी तराईमा हुस्सु तथा पहाडी र हिमाली क्षेत्रमा बादल लागेको कारण तापक्रम घटेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

चिसो बढिरहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने भने भने बाँकी ठाउँको मौसम सफा रहने छ । तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६