काठमाण्डौ १६ पुष । नवलपरासीको लुम्बिनी चिनी मिलले किसानको खातामा पैसा हाल्दिन सुरु गरेको छ ।लुम्बिनीले किसानलाई तिर्न बाँकी ७ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ किसानको खातामा जम्मा गरिसकेको नवलपरासी पश्चिमका प्रहरी उपरिक्षक एसपी अजय केसीले जानकारी दिनुभयो । बाँकी दुई करोड रुपैयाँ यसै हप्ताभित्र तिर्ने र एक महिनाभित्र किसानको सबै पैसा भुक्तानी गर्न मिल सञ्चालकले प्रतिबद्धता जनाएको एसपी केसीले बताउनुभयो ।पैसा खातामा जम्मा भएको जानकारी स्वरुप आफूहरुको मोबाइलमा घण्टी बजेको किसानले जानकारी गराएका पनि एसपी केसीको भनाइ छ । ‘मिलसँग जोडिएका केहि विषयमा सोधपुछको लागि हामीले जिल्ला प्रहरी कार्यालय पर्सालाई चिठी लेखेर मनोज अग्रवाललाई उपस्थित गराइदिन अनुरोध गरेका थियौँ, त्यसै अनुसार पर्साले समातेर हामीलाई बुझाउँदैछ’, एसपी केसीले भन्नुभयो ।
१६ पुस २०७७, बिहिबार
प्रतिक्रिया