ब्रेकिंग न्युज

प्रदेश सरकारले गरेका काम चानचुने छैनन :मुख्यमन्त्री पोखरेल



बुटवल १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार योजनाबद्ध विकासमा अघि बढेको र प्रदेश सरकारको औचित्य छोटो समयमै स्थापित भएको बताउनुभयो । विकासको प्रतिफल नागरिकले महशुस गर्ने अवस्थातर्फ मुलुक अघि बढेको भएपनि पार्टीभित्रको सत्ता संघर्षले सरकारका राम्रा काम ओझेलमा पार्ने काम भएको उहाँको भनाई छ । 

    मुख्यमन्त्रीले प्युठानको दाखाक्वाडी—वर्जिवाङ—भिंगृ खण्डको विहिवार शिलान्यास गर्दै यस्तो वताउनु भएको हो । पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा हिलस्टेशन निर्माण गर्ने र जिल्लाहरुबीच एकआपसमा सडक सञ्जालमार्फत सम्बन्ध बढाउने मुख्यमन्त्रीको परिकल्पना अनुसार प्रदेश गौरवको आयोजना रामपुर—कपुरकोट सडक निर्माण शुरु गरिएको छ । कार्यक्रममा बोल्दै उहाँले  भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कामको गुणस्तर र समयसीमामा ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । यो सडकको निर्माणले प्रदेशका पहाडी जिल्लाको जीवनस्तर उकासिने र आर्थिक क्रियाकलाप बढ्ने उहाँले बताउनुभयो ।

   झण्डै तीन सय किमिको रामपुर कपुरकोट सडकको प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा अघि सार्दै जिवराज आश्रित—कृष्णसेन मार्ग नामाकरण गरेको छ । यो सडकमा अहिले पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पा गरी चार ठाउँबाट काम भइरहेको छ । सडक अन्तर्गतका रामपुर,श्रीनगर, डाँडाकटेरी, तिनगिरे,पाणिनी, नरपानी, स्वर्गद्धारी, खलंगा होलेरी, निगालपानी र कपुरकोटलाई हिलस्टेशनको रुपमा विकास गर्ने गरी कतिपय ठाउँमा पर्यटकीय पूर्वाधार बनेका छन् । कतिपय ठाउँमा पूर्वाधार निर्माणको योजना अघि सारिएको छ ।

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६