पर्यटन

प्रधानमन्त्री कै अठोट अनुसार भूमि समस्या समाधान उन्मूख : मुख्यमन्त्री पोखरेल



दाङ १८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारले लामो समय देखि समस्यामा रहेको भूमिहीन र अव्यवस्थित बस्तीलाई सधैंका लागि हल गरेर जाने बताए। शुक्रवार भूमिसम्बन्धी समस्या समाधान आयोगको आयोजनामा तुलसीपुर भएको अभिमुखीकरण कार्यक्रम मुख्यमन्त्री पोखरेलले यो समस्याप्रति प्रधानमन्त्री केपी शर्मा ओली अत्यन्त चिन्तित भएको समेत बताए।

     उनले नेपालका राजनीतिक दलहरुले निर्वाचनको समयमा प्रतिबद्धता जाहेर गर्ने तर, पूरा नगर्ने भए पनि  प्रधानमन्त्री ओलीले यस समस्या समाधान गर्न संकल्प लिएर अगाडि बढेको समेत बताए।पहिला बनेका आयोगले विभिन्न कानुनी बाधाका कारण काम गर्न नसकेको अवस्थामा अहिले प्रधानमन्त्री ओलीले कानुनलाई व्यवस्थित गर्नमा जोड दिँदा अहिलेको आयोगबाट यो समस्या समाधान हुने उनको दाबी छ।त्यसैगरी मुख्यमन्त्री पोखरेलले सबैभन्दा सुरक्षित सम्पत्तिको रुपमा मानिसहरुले जमिनलाई दिने गरेको समेत बताए।

 यता  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ओली समूहका स्थायी कमिटि सदस्य शंकर पोखरेलले प्रचण्डले जनयुद्धको नेतृत्व गरेको हो , भन्ने विषयमा पनि शंका उत्पन्न भएको बताएका छन् ।    शुक्रबार तुलसीपुरमा भएको नेकपा ओली समूह निकट भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए । अहिले पार्टी फुटतर्फ जानुमा प्रचण्डले ल्याएको प्रस्ताब नै रहेको भन्दै आफूले यो प्रस्ताब फिर्ता लिन आग्रह गरेको भएपनि प्रचण्डले नमानेको बताए । ‘मैले अन्तिम अबस्थासम्म पनि त्यो प्रस्ताब फिर्ता लिन प्रचण्डलाई आग्रह गरेँ’, उनले भने‘तर, उहाँले मान्नु भएन्, पार्टीकालागि त्यति सानो प्रस्ताब त फिर्ता लिन मान्नु भएन्, भने उहाँले जनयुद्धको नेतृत्व गरेको हो, भन्ने कुरामा पनि शंका लाग्न थाल्यो ।’

    साथै उनले चुनाब जितेर सरकार निर्माण गर्ने बेला समेत प्रचण्डले आफू प्रधानमन्त्री हुन चाहेको बताए ।‘कांग्रेसले प्रचण्डलाई भेटेर तपाई प्रधानमन्त्री खानेगरि तयार हुनुहोस्, भनेपछि उहाँ आफै प्रधानमन्त्री हुन लोभिनुभएको थियो’, उनले भने‘ त्यतिबेला देखि नै पार्टीमा समस्या देखिएको थियो ।’साथै सरकार पुनगर्ठनका बेला पनि प्रचण्डले साथ दिन छोडेपछि मधेशवादी दलसंग मिलेर भएपनि केपी वलीले सरकार निर्माण गर्न थालेको कुरा पनि मुख्यमन्त्री समेत रहेका पोखरेलले खुलाए ।

    ‘प्रधानमन्त्रीको नाम पठाउनुस्, भनेको नपठाएपछि दुईजना मन्त्रीलाई मात्रै सफत खुवाउनु पर्ने भयो’,उनले भने‘प्रचण्डले सहयोग नगर्ने भएपछि मधेसवादीदलसंग मिलेर सरकार जोगाउन खेजेपछि बल्ल प्रचण्डले आफ्ना मन्त्रीहरु पठाउनुभयो ।’साथै उनले पार्टी एकतालाई बचाउनकालागि ११ सय केन्द्रीय सदस्य निर्माण गरिएको समेत बताए । पार्टी फुटाउन ४० प्रतिशत चाहिने ११सय पार्टीका केन्द्रीय सदस्य बनाएपछि कसैलाई पनि पार्टी फुटाउन बहुमत नहुँने भएपनि कमिटि विस्तार गरिएको हो । अहिले पार्टी फोड्ने तागत कसैसंग पनि नभएको उनले बताए ।

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६