विचार/ब्लग

राजनितिलाई आहा भन्ने बनाऔं !



राजनैतिक नेतृत्व तथा नेताले भावी पिडिलाई दिएको संस्कार बडो बिचित्रको छ । सम्मानित व्यक्तिलाई गाली गलौच गर्ने प्रवृत्ति हावी भएको छ । पढ्नै नसकिने , आखाँले देख्नै नसकिने शब्दहरु सामाजिक सञ्जालमा छरपष्ट देखिन्छ । हाम्रा कलिला मुनाहरुलाई कता लगिदै छ ? युवाहरुले गाली गर्ने संस्कार सिकेका छन भने वालवालिकालाई पनि गाली गलौच गर्ने संस्कार सिकाइदै छ । 

यस्ता प्रवृत्तिहरुले समाज कतै अशान्ति तिर त धकेलिदै छैन  भन्ने भान हुन लागेको छ । नराम्रा गतिविधिले राजनैतिक संस्कार विक्रिदै गएको छ । नेताले आफ्नो पार्टी ठीक र अरुको पार्टी बेठिक भन्ने र भाषणमा सत्तो सराप गर्ने प्रवृत्ति हाबी छ । कुनै नेताको निधन हुदा मलामी जाने , घोतारी जाने तर बाचुन्जेल सद्भाव गर्न नजान्ने नेताहरुले के को राजनिति गर्नु । मानिस एक पटक नमोरी सुखै छैन , कहिले सम्म बाँचिन्छ भन्ने पनि थाहै छैन । तर पनि नेताहरु एक आपसमा झगडा गर्न कहिल्यै नछोडने भए । अब राजनिति गर्ने नेताहरुले वुझ्नु पर्छ , हामीले हाम्रो छोरा छोरीलाई के सिकाइदै छ , कुन संस्कार सिकाइदै छ भन्ने बारे राम्ररी विश्लेषण गर्नु आवश्यक छ । सम्मानित व्यक्तिलाई अपशब्द प्रयोग गर्न लगाउने अनि खित्का छोडेर हास्ने नेताको संस्कार बनेको छ । सबै मिल्नु पर्छ , राम्रो काम गर्नेलाई राम्रो भन्दै हौसला दिनु पर्छ भन्ने चलन राजनितिमा हराउन थालेको छ । अब आउने पुस्ताले राजनिति भनेको गाली गर्ने , सम्मानित व्यक्तिलाई अपशब्द बोल्ने हो भनेर सिक्ने  छन , वुझ्ने छन ।  घरमा पनि विद्रोह गर्ने छन ।

 आफ्ना आमा वुवा आदर सम्मान गर्ने व्यक्तिहरुलाई उनीहरुले तिरष्कार गर्ने बेला नआउला भन्न  सकिदैन । राजनितिमा नमिलेको विषयवस्तु छलफल गरेर समाधान गर्न पक्कै पनि सकिन्छ । किन नेताहरु त्यतातिर जादैन । पदको पछाडी लाग्ने देशमा दिगो शान्ती दिन नखोज्ने नेताहरु अब होशियार हुनै पर्छ । कुनै पनि दलका नेता कार्यकर्ताले अर्को दलका नेता तथा कार्यकर्तालाई गाली नगरौं । सबै सँग सद्भाव राखौ । जनताको काममा तल्लिन भएर लागौ । दुःख पिडामा परेका जनतालाई मुहारमा खुशी देउ ,  विकासका काममा अबरोध नगर तब तिम्रो दलको पछाडि सबै जनता लाग्ने छन ।चुनाबमा तिम्रो दललाई नै भोट दिने छन । यसरी शान्ति सँग राजनिति गरौ. , राजनितिलाई ठगि खाने भाड नबनाऔं , सबैले राजनितिलाई तिरष्कार नगरी आहा भन्ने बाताबरण निमार्ण गर्ने काममा अब राजनैतिक दलले ढिला गर्नु  हुदैन । 

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६