कपिलवस्तु १८ पुस । नेकपाका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल तथा केन्द्रिय सदस्य अब को १३४ दिन पछि हुने निबार्चन जित्ने गरी परिचालित हुन मतहतका सबै कमिटीका कार्यकर्तालाई आग्रह गर्नु भएको छ । तौलिहवामा भएको कपिलबस्तु नगरपालिका र यशोधरा गाउपालिको सयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
सोही भेलामा बोल्दै नेकपाका केन्दिय सदस्य बाबुराम खनालले सबिधान ऐनकानुन सबै आधारमा सुर्य चिन्ह ओली नेतृत्वको नेकपाले पाउने दाबी गर्नु भयो । नेपकपा केन्दिय नेता जञ्जिर प्रसाद थारुले आदिबासी जानजातिका सवाललाई नेकपाले सही ढगं प्रस्ट पारेको बताउनु भयो ।
कपिलबस्तु नगर कमिटीका अध्यक्ष भेषराज पाण्डेको अध्यक्षता र नारायण पौडेलको सञ्चालनमा भएको भएको भेलामा प्रदेश कमिटी सदस्य खुम आचार्य ,जिल्ला नेता आजाद अहमद दर्जी लगायतले बोल्नु भएको थियो ।
प्रतिक्रिया