जीवनशैली

बालविवाह विरुद्ध उनीहरुले लेखे मनछुने निबन्ध



कपिलवस्तु १८ पुस । वाणगंगा नगरपालिका वडा नं ५ ले  वालवालिकाको प्रतिभा प्रष्फुटनका लागि  बाल बिवाह उन्मुलनमा बालबालिकाको भुमिका विषयमा निबन्ध प्रतियोगिता कार्यक्रम गरेको छ । निबन्ध कार्यक्रममा बोल्दै नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राईले निबन्ध प्रतियोगिताले वालवालिकामा लुकेर बसेका प्रतिभा बाहिर आउने बताउनु भयो । बालविवाह गर्नु हुदैन भन्ने ज्ञान वालवालिकालाई गराउन   यसै विषयमा निबन्ध प्रतियोगिता राख्दा समाजमा राम्रो सन्देश जाने उहाँले बताउनु भयो ।

    प्रतियोगितामा वडाका २२ जना वालवालिकाले भाग लिएका थिए ।  प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने बिजया भुसाल अन्नपूर्ण बिद्या मन्दिर कोपवा, , द्वितीय स्थान, गरीमा कार्कि अन्नपूर्ण बिद्या मन्दिर कोपवा, तृतीय स्थान सिता भुसाल  महेन्द्र माबि  कोपवा , र सान्त्वना स्थान  सुरक्षा पौडेल  महेन्द्र माबि कोपवा रहेका थिए ।

    प्रथम हुनेले  ३ हजार  , द्वितीय हुनेले  २ हजार , तृतीय हुनेले १ हजार र सान्त्वना हुनेले ५ सय पुरस्कार पाएका थिए । वडा सदस्य कृष्ण वहादुर चौधरीको अध्यक्षता , वडा सचिव दिपक पाण्डेको सहजिकरणमा भएको कार्यक्रममा शिक्षक खेमराज भट्राई , बिशाल पराजुली लगायतले बोल्नु भएको थियो । 

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६