कपिलवस्तु १९ पुस ।कपिलवस्तुमा किशोर किशोरीहरुका लागी जीवन उपयोगी सिप र समग्र विकासका लागी रुपान्तरण कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । जिल्लाका ३ पालिका शिबराज नगरपालिकामा २८ ,कृष्णनगर नगरपालिकामा २७ र शुद्धोधन गाउपालिकामा २८ गरि ८३ जना किशोरकिशोरीहरुलाई तालिम दिईएको हो । तालिम युनिसेफ नेपालको सहयोग र सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुको आयोजनामा भएको हो । तालिममा यनिसेफ नेपाल संगै सिद्धार्थ सामाजिक बिकास केन्द्रमा कार्यरतहरुले प्रशिक्षण दिनुभएको छ । १० दिने तालिम अन्तगर्त पहिलो चरणमा ७ दिनसम्म तालिम सञ्चालन भएको छ । भने बाकी ३ दिन केही दिनमै शुरु हुने जनाईएको छ । स्थानीय समुदायमा रहेका कुप्रथा, परम्परागत रुढीवादी , किशोरावस्थामा हुने शारीरिक मानसिक परिवर्तनका साथै नेतृत्व विकास, गलत संगत र कुलतबाट छुटाई सुरक्षित शान्त समाजको निर्माण गर्ने उद्देश्यले रुपान्तरण कक्षा संञ्चालन गरिएको युनिसेफका प्रकाश कैनीले जानकारी दिनुभयो । सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेका अनुसार तालिममा किशोरकिशोहरुलाई प्रक्षिकको भूमिका स्वारुप आआफ्नो बिद्यालयमा गएर १७ हप्तासम्म हरेक शुक्रबार बिद्यालयका अरु बिद्यार्थीहरुलाई बालबिबाह न्यूनिकरणका कसरी गर्ने , बालबालिकालाई हिंसाबाट कसरी सुरक्षित राख्ने र अध्ययनशिल जिज्ञासु बनाउने , जीवन उपयोगी सिपका बिषयमा छलफल चलाउने छन ।
२० विद्यालयका २० जना रुपान्तरण कार्यक्रम फोलकपर्शन परीचालन हुने छन । तालिम प्राप्त किशोर किशोरीले तालिम लिएर आए पश्चात तालिममा सिकेका विषयवस्तुका र कार्ययोजनाका आधारमा हरेर शुक्रवार १ जनाले आफनो उमेर समुहका २५ जना लाई १७ हप्ता सम्म तोकीएको रुपान्तरण मोडुयल कार्यान्वयन गर्नु पर्ने छ । प्रबन्धक घिमिरेले बाल अधिकार , सुनिश्चितता सहितको समाज निर्माणमा किशोर किशोरीलाई सत् मार्गमा अभिप्रेरित गर्न रुपान्तरण कक्षा फलदायी हुने विचार राख्नुभयो । प्रशिक्षक बिद्यार्थीहरुलाई एकएक वटा झोला संगै आवश्यक स्टेशनरीका सामानहरु पनि प्रदान गरिएको छ । रुपान्तरण कक्षाको लागि प्रत्येक बिद्यालयमा एकएकजना फोकल शिक्षक पनि राखिएको छ ।
रेडियोमा पनि कार्यक्रम रुपान्तरण M
बिद्यालयबाट बञ्चित रहेका जिल्लाका बिभिन्न पालिकामा रहेका किशोर किशोरीहरुका लागी पनि रेडियो कार्यक्रम रुपान्तरण सञ्चालन भईरहेको छ । जीवन उपयोगी सिप र समग्र विकासका लागीका रुपान्तरण कार्यक्रम कपिलवस्तुको सामुदायिक रेडियो बुद्ध आवाजले उत्पादन गर्दै आएको छ । भने प्रशारण बुद्ध आवाज संगै बिजयनगर एफएमले गर्दै आएका छन । शिबराज नगरपालिका ,कृष्णनगर नगरपालिका र शुद्धोधन गाउपालिकाका बिभिन्न पालिकामा रहेका ११ सय बढि बिद्यालमा बिभिन्न समस्या र कारणले गर्दा जान नपाएका किशोरी किशोरहहरुका लागि कार्यक्रम सञ्चालन भईरहेको छ ।
कार्यक्रममा उठाइने बिषयबस्तुबारे रुपान्तरण कार्यक्रमले नाटक ,कथा ,सामाजिक सन्देश ,बिभिन्न बिज्ञहरुको आवाज , किशोरीकिशोरीको आवाजलाई समेट्दै आईरहेको छ । कार्यक्रममा किशोरकिशोरीका लागि ३२ र अभिभावकका लागि ६ जटा गरि ३८ वटा कार्यक्रम तयार पारिने छ । जसका लागि ति किशोरीहरुको समूह बनाई रेडियो सुन्नका लागि सहज होस भनि प्रत्येक किशोरी रेडियो श्रोता समूहलाई रेडियो पनि वितरण गरिएको छ ।
१०३ वटा किशोरी श्रोता क्लव गठन भईसकेका छन । कार्यक्रममा बालविवाह, लैंगिकअसमानता, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य जस्ता विषयमा हुने छ । कार्यक्रम शनिबार र बुधबार दिउसो ४ः१० बजेपछि ५ बजेसम्म आउने गर्छ ।
प्रतिक्रिया