अर्थ-वाणिज्य

लालपुुर्जा भूमिहिनलाई ,आत्म सम्मान नगरलाई :उपमेयर थारु



कपिलवस्तु १९ पुस। कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका भूमिहिनलाई लालपूर्जा दिदा नगरको आत्म सम्मान अभिबृद्धि हुने शिवराजकी उपमेयर शिवकुमारी थारुले वताउनु भएको छ । आइतवार नगरपालिकाको समिति चोकबाट निस्कीएको र्यालीले चन्द्रौटा बजार परिक्रममा गर्दै नगरपालिका भवन अगाडी गई  सभामा परिणत भएको समारोहमा बोल्दै यस्तो वताउनु भएको हो । भूमिहिनहरुलाई सम्बोधन गर्दै शिवराज नगरपालिका उप प्रमुख  थारुले अब आयोग बनी सकेकोले सबै भूमिहिनले लालपूर्जा पाउनेमा विश्वास दिलाउनुभयो ।

     “भूमिहिन हाम्रो नगरको मात्रै समस्या नभएर राष्ट्रकै समस्या हो,भूमि सुधार आयोगले आफ्नो काम अगाडी बढाएको छ ,उहाँले भन्नुभयो,“हामीले पनि नगरका भूमिहिनहरुको लागत संकलन कार्य सुरु गरेका छौं, लागत संकलन कार्यमा वास्तविक भूमिहिन नछुटुन भनेर तपाईहरुले सहयोग गर्नु पर्छ, ।”  कार्यक्रममा बोल्दै वडा नं. ९का वडा अध्यक्ष चर बहादुर खड्काले अबको सरकारले जसरी भए पनि भूमिहिन सुकुुम्बासीलाई लालपूर्जा दिने ठोकुवा गर्नुभयो ।

    “पार्टि भित्रबाट काम गर्न दिइएन भनेर संसद विघटन गरी आफ्नै प्यानलका मात्रै रोजेर मन्त्रीमण्डल विस्तार गरेको सरकारले अब पक्कै काम गर्छ, लालपूर्जा बाढ्छ व्यंग्य गर्दै खड्काले भन्नुभयो“म जनप्रतिनिधी भए पनि सरकारका गलत कदमको खुलेर विरोध गर्छु, । म पनि भूमिहिनहरुकै विचबाट जनप्रतिनिधी बनेको हुुँ, त्यसैले भूमिहिनहरुको आन्दोलनमा मेरो पनि एक्यबद्धता छ ।
    हाल  सरकारले गठन गरेको भूमिसुुधार आयोग अन्तर्गत सुुकुुम्बासी र भूमिहिनहरुको तथ्यांक संकलन र लागत संकलन कार्य सुरु हुदै गर्दा भूमि सुधार सम्बन्धि रहेका अन्याय पूर्ण सम्बन्ध अन्त्य गरी सामाजिक न्याय युुक्त समाजको निर्माण र समुुन्नतीका लागी भूमि भन्ने नारा सहित भूमिहिन अधिकार मंच सर्घषमा रहेको र सोहि अनुुरुप कार्यक्रम गरीएको मंचका कपिलवस्तुु सल्लाकार लालु खनालले बताउनुभयो । विगतमा भूमि सुधार सम्बन्धि विभिन्न आयोग बनेको भए पनि भूमि हिनले लालपूर्जा नपाएकोले अब कानुनसंमत बनेको  भूमि सुधार आयोगले पनि वास्तविक भूमिहिनलाई पहिचान नगरी लालपूूर्जा वितरण गर्यो भने भूमिहिन जहाँको तही हुने हुदाँ स्थानिय तहले लागत संकलन विवरण उठादाँ भूमिमंचका सरोकारवालालाई पनि स्थान दिनुपर्ने  उहाँको भनाई छ ।         
   अब पनि सरकारले भूमिहिनलाई लालपूर्जा दिन सकेन भने अर्को विद्रोह सुुरु हुने भूमिहिन सरोकार मंचका अगुवा खुमान सिंह परिवारले बताउनुभयो । जग्गा छैन, लालपूर्जा छैन ऐलानीमा बसेका छौं लालपूर्जा पाएनौ भने कडा संर्घषमा उत्रन्छौं उहाँले भन्नुभयो “स्थानिय तह बने पछि भूमिहिनले लालपूर्जा पाउँछौ, भन्ने आसामा थियौं तर हिजो एक सय रुपैया तिर्दै आएको तिरो बढेर चार सय पुुग्दा पनि अझै लालपुर्जाका लागी नै सर्घष गर्नुपरेको छ ,।”

प्रकाशित : १९ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६